About Me

My photo
Kathmandu, 3 Bagmati, Nepal
About Me! Join ME to Explore Something New. Hi! I'm Binod Kumar Simkhada, a part-time freelancer in Internet marketing. Content Writer: Binod Kumar Simkhada

Friday, May 9, 2025

शुभ वा अशुभ

 उनीहरू रोकिए, यो सोचेर कि अर्को मान्छे अगाडि कटोस्, र दुर्घटना उसैमाथि परोस् । म अघि बढें, यो सोचेर कि बिरालोले बाटो काट्दैमा दुर्घटनामा पर्ने भएको भए, म आजसम्म धेरैपटक मरिसक्थें ।


म कतै जाँदै थिएँ । त्यतिबेलै बिरालोले बाटो काट्यो । सबै रोकिए, तर पनि म अघि बढें, यो सोच्दै कि म कतै जाँदै छु, बिरालो पनि कतै जाँदै छ । मैले पनि त धेरैपटक बिरालोको बाटो काटेँ होला, के आजसम्म मैले उसको बाटो काटेकोमा उसले कहिल्यै गुनासो गरेको छ र ? चिथोर्न आएको छ र ?

भन्न खोजेको कुरा: हाम्रो दिन शुभ वा अशुभ हुनुमा बिरालोको कुनै दोष हुँदैन । बिरालोले बोल्न सक्दैन, त्यसैले मैले बोलेको.....BIn Sim🇳🇵

No comments:

Nature shows a truth that personal growth often mirrors:

  New Zealand’s windswept trees are a striking example of resilience that doesn’t look “perfect,” but is deeply powerful. These trees did no...