१ "पढाइ लेखाइमा ध्यान दे, बाकी काम पछि गर्लास।
३ "आफ्नै खुट्टामा उभिन सिक। "
४ " म जस्तै नबन, म भन्दा राम्रो बन।
५ "ठुलो मान्छे बन, तर त्यो भन्दा अगाडी आफू राम्रो मान्छे बन।"
६ "तिमिहरुले आफ्नो नाम रोशन गर्नु, यही मात्रै सपना छ मेरो।"
७ "तिमरुको उमेरमा त मैले काँधमा जिम्मेवारी उठाइ सकेको थिए।"
८ "खर्च सोच-बिचार गरेर गर्नु, पैसा रुखमा फल्दैन।"
९ " आमालाई कहिल्यै दुःख नदिनु, दियौ भने म भन्दा नराम्रो कोही हुदैन।"
१० " आज भन्यो भोलि भन्यो, बचपन चाँडै बित्छ, आफुलाई सम्हाल्न सिक्नु।"
११ "कमाउन सजिलो हुन्छ, तर इज्जत कमाउन गाह्रो हुन्छ।
१२ आफ्नो निर्णय आफैले लिनु, तर सोच बिचार गरेर लिनु।"
१३ "साथीहरू सोच बिचार गरेर बनाउनु, सबै तँ जस्ता हुदैनन् । "
१४ "सधैं म तेरो अघिपछि हुदिन, आफै आइपर्ने समस्या सँग लड्न सिक । "
१५ "तिमीहरूले जे गर, तर मेरो शिर उचो हुने काम गर।"
१६ "मलाई केही चाहिंदैन छोरा, तँ चाहिँ खुशी हुँ मलाई यत्ति भए पुग्छ। "
१७ "तैंले अहिले जे सिकिरहेको छस, त्यो जिन्दगीमा काम लाग्छ। "
१८ " जीवनमा काम गर्दा गर्दै लडिस भने पनि, आफुले आफैलाई सम्हालेर उठ्न सिक। "
१९ "तिमरुकै लागि त सबैकुरा गर्दै छु नि छोरा।"
२० " तिमीहरू जुन दिन आफ्नो लागि उभिन्छौ, त्यही दिन मेरो सपना पूरा हुन्छ। "
२१ " तिमीहरू मिहेनत मात्रै गर, घर म आफै सम्हालौला। "
२२ "परिस्थिति जस्तोसुकै भएपनि, कहिले पनि झुठो नबोल्नु।"
२३ " तिमीहरू मेरो छोरा हौ, आफुले आफैलाई बिश्वास गर।"
२४ "छोराहरु जतिसुकै ठूलो भएपनि, बाउ सधैं बाउ नै हुन्छ।"
२५ "जब म यो संसारमा हुदिन त्यसबेला, बाउ र बाउको महत्त्व थाहा पाउँछौं।
Binod Kumar Simkhada
No comments:
Post a Comment