About Me

My photo
Kathmandu, 3 Bagmati, Nepal
About Me! Join ME to Explore Something New. Hi! I'm Binod Kumar Simkhada, a part-time freelancer in Internet marketing. Content Writer: Binod Kumar Simkhada

Tuesday, April 1, 2025

आजको सन्दर्भमा!

 

Nepal  राष्ट्र विखण्डनको दिशातिर धकेलिएको छ । अहिले सबैलाई आ–आफ्नो जातीय पहिचान चाहिएको छ तर जातीयता भन्दा राष्ट्रियता ठूलो हुन्छ । जातीय स्वाभिमानभन्दा राष्ट्रको गौरव गरिमामय हुन्छ । प्रदेशभन्दा सिङ्गो र एकढिक्का राष्ट्रको महŒव बढी हुन्छ । हिमाल, पहाड, नेपालमण्डल र मधेश–तराईका नेपालीहरू बीचको आपसी सद्भाव र सहिष्णुताबाट नेपाली राष्ट्रियता बलियो भएको छ । नेपाल अनेकतामा एकता भएको राष्ट्र हो । यिनै अनेकतामा एकता भएका विविध जातिको स्वच्छ हृदय नै बृहत् नेपाल राष्ट्रको प्राण हो । अतः जातीय एवम् साम्प्रदायिक धरातलबाट माथि उठेर नेपाल राष्ट्र एवम् नेपाली राष्ट्रियता प्रति प्रतिबद्ध र समर्पित हुनु आजको परम आवश्यकता हो । नेपाल राष्ट्र हाम्रा पूर्खाहरूको धरोहर हो, किनभने हाम्रा पूर्खाहरूले बडो दुःखले नेपाल राष्ट्रको निर्माण गरेका थिए । अतः हाम्रा महान् पूर्खाहरूको धरोहर नेपाल राष्ट्रको अस्मितालाई हामी सबै मिलेर जोगाउनु पर्दछ ।

नेपाल पार्वतीले रचना गरेको शिवको देश तथा सीता र बुद्धको जन्मभूमि हो । यस्तो पवित्र धर्तीमा जन्म लिन पाउनु हाम्रो लागि ठूलो अहोभाग्य हो । टर्कीका राष्ट्रपति अहमदले नेपाललाई विश्वको आध्यात्मिक केन्द्र मानेका छन् तर हामीलाई त्यसको केही वास्ता छैन । अतः आजको सन्दर्भमा हामीले विदेहको दर्शन, सीताको आदर्श, रामको मर्यादा, बुद्धको अहिंसा, त्याग र सहिष्णुतालाई राम्ररी मनन गरेर तन्मे मनः शिव सङ्कल्पमस्तुको भावनाबाट ओतप्रोत भई नेपाल राष्ट्रको सुदृढीकरण र नेपाली राष्ट्रियताको प्रबोधन, प्रवद्र्धन र विकासका लागि अघि बढ्न अत्यावश्यक छ । सरल नेपाली जीवनको प्रत्येक मुटुको ढुकढुकीले यही कुरा भनि रहेको छ ।
binodkumarsimkhada36@gmail.com

No comments:

Nature shows a truth that personal growth often mirrors:

  New Zealand’s windswept trees are a striking example of resilience that doesn’t look “perfect,” but is deeply powerful. These trees did no...